दिपेन्द्रबहादुर विश्वकर्मा
उर्लाबारी । अन्तर कलेज फुटबल प्रतियोगिताको उद्घाटन खेलमा उर्लाबारी बहुमुखी क्याम्पस विजयी भएका छ ।
मोरङको उर्लाबारी–६ राधिका माध्यमिक विद्यालयको खेलमैदानमा आज उद्घाटन भएको अन्तर कलेज फुटबल प्रतियोगिताको पहिलो खेलमा उर्लाबारी बहुमुखी क्याम्पस विजयी भएको हो । उर्लाबारी–४ मा रहेको उर्लाबारी बहुमुखी क्याम्पस र उर्लाबारी–५ मा रहेको सुनगाभा बोर्डिङ स्कुलबीच भएको उक्त खेलमा निर्धारित समय सम्म दुवै टिमले एक–एक गोलको बराबरी खेलेका थिए । त्यसपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । जसमा ३–२ को अन्तरमा उर्लाबारी बहुमुखी क्याम्पसले जित निकालेको छ । सोही खेलमा उत्कृष्ट खेलाडीको रुपमा म्यान अफ द म्याच बिजेता टिमका प्रविन वनेम फागो भए । प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ ।
मोरङ जिल्ला फुटबल संघका अध्यक्ष सञ्जिब बुढाथोकीको प्रमुख आतिथ्यतामा भएको उक्त खेलमा उर्लाबारी फुटबल क्लबका अध्यक्ष तथा एन्फाका केन्द्रीय सदस्य दिपेन्द्र धिमाल , कार्यक्रम संयोजक बिशाल तामाङ , विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । क्लबका सचिब घनश्याम भण्डारीले कार्यक्रम संचालन गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय