पथरी शनिश्चरे वडा नं. ९ मा दादुरा रुबेला खोप लगाउन नमान्ने दुई परिवारका चार जना बालबालिकाहरुलाई नगर प्रमुख मोहन प्रसाद तुम्वापोको संयोजकत्वमा गएको टोलीले दादुरा खोप लगाउने कार्य गरेको छ ।
आज वडा नं. ९ का कायरा श्रेष्ठ, सन्देश श्रेष्ठ, विवीसो श्रेष्ठ र सन्ध्या श्रेष्ठलाई दादुरा रुबेला खोप लगाइएको हो । उनीहरुलाई वडाका स्वास्थ्यकर्मीहरुले पटक–पटक खोप लगाउन नानीहरुलाई लिएर आउनु भन्दा पनि अटेर गरी बसेकाले नगरबाट नगर प्रमुख सहित, इलाका प्रहरी कार्यालय पथरीका डिएसपी गणेश बहादुर श्रेष्ठ, वडा नं. ९ का वडाध्यक्ष वीरबहादुर राई, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, स्वास्थ्य अधिकृत एकराज खत्री सो स्थानमा पुग्नुभएको थियो ।
सो परिवारलाई सम्झाई बुझाइपछि खोप लगाउन दुई परिवार राजी भए र वडा नं. ९ को स्वास्थ्य चौकीमा लगेर चारै जनालाई खोप लगाउने कार्य गरिएको थियो । पथरी शनिश्चरे नगरपालिकामा दादुरा रुबेला खोप गत फागुन २९ गतेदेखि सञ्चालन भएको हो भने भोलि चैत्र ७ गते खोपको समापन हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय