
उर्लाबारी । मोरङको उर्लाबारीमा चैत्र ७ गतेदेखि अन्तर कलेज स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।
उर्लाबारी फुटबल क्लबको आयोजनामा उर्लाबारी–६ स्थित राधिका माध्यमिक विद्यालयको खेलमैदानमा सो प्रतियोगिता हुने भएको हो । उद्घाटन खेलमा उर्लाबारी–५ को सुनगाभा बोर्डिङ स्कुल र उर्लाबारी–४ को उर्लाबारी बहुमुखी क्याम्पसबीच हुने भएको छ । एकै दिन दुई खेल हुने छन् । उद्घाटन खेल दिउँसो २ बजे हुने छ भने सोही दिन अर्को खेलमा उर्लाबारी–६ को राधिमा माबि र होलिचाल्ड बोर्डिङबीच हुने छ । उक्त खेल दिउँसो ४ बजेदेखि हुनेछ ।
चैत्र ८ गते दिउँसो २ बजे उर्लाबारी–६ को मोरङ मोडल कलेज र डि.कम कलेजबीच प्रतिष्पर्धा हुनेछ भने दिउँसो ४ बजे उर्लाबारी–९ को सार्वजनिक माबि र उर्लाबारी–६ को पशुपति आमाबिबीच प्रतिष्पर्धा हुनेछ । उर्लाबारी–२ को सुनपकुवा माबि वाइ पाएको छ । उसले उर्लाबारी–६ को राधिमा माबि र होलिचाल्ड बोर्डिङबीचको विजेतासँग चैत्र ९ गते प्रतिष्पर्धा गर्नेछ । चैत्र १० गते पहिलो र चैत्र ११ गते दोस्रो सेमिफाइन खेल हुनेछ । फाइनल खेल चैत्र १३ गते हुने आयोजक समितिका संयोजक विशाल तामाङ जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ ।
कलेज स्तरमा रहेका खेलाडीहरुको प्रतिभा प्रष्फुटन गर्ने उद्देश्य अनुसार सो प्रतियोगिता गर्न लागिएको उर्लाबारी फुटबल क्लबका अध्यक्ष तथा एन्फाका केन्द्रीय सदस्य दिपेन्द्र धिमालले जानकारी दिनुभयो । खेलाडीहरु उत्पादन गर्न कलेज स्तरबाटै पहल थालेको उहाँको भनाई छ ।
कलेज स्तरमा हुने प्रतियोगिताले खेलाडी उत्पादनमा सहयोगी बन्ने मोरङ जिल्ला फुटबल संघका अध्यक्ष सञ्जिब बुढाथोकीले बताउनुभयो । उहाँले पालिका स्तरमै लिग प्रतियोगिता सञ्चालन गर्न सके थप खेलाडी उत्पादनमा टेवा पुग्ने उहाँको भनाई छ ।
त्यस्तै, उर्लाबारी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष रविन लामाले सानै उमेरदेखि खेलकुदमा बालबालिकाहरुलाई सहभागी गराउँदा अनुशासित बन्ने बताउनुभयो । वडाले पनि खेलाडी उत्पादनका लागि युथ १४ लाई १ महिना प्रशिक्षण गराएको र आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभएको छ । सोमबार कलेजका प्रतिनिधिहरुको सहभागितामा खेल तालिका सार्वजनिक गरिएको सचिब घनश्याम भण्डारीले जानकारी दिनुभयो । उर्लाबारी नगरपालिकाका प्रवक्ता एबं उर्लाबारी–३ का वडाध्यक्ष भीष्मराज बुढाथोकीलगायतको उपस्थिति रहेको थियो ।