
उर्लाबारी । उर्लाबारीका पहिलो राष्ट्रिय फुटबल खेलाडी उर्लाबारी–२ निवासी सञ्जिब बुढाथोकीलाई नगद २१ हजारसहित सम्मान गरिएको छ ।
शनिबार पाँचौ मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा उहाँलाई फुटबलको माध्यमबाट उर्लाबारीलाई चिनाउने काम गरेको भन्दै नगद, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो । मोरङ जिल्ला फुटबल संघका अध्यक्ष समेत रहनु भएका बुढाथोकी बुढासुब्बा गोल्डकप धरानको फाइनल खेलका लागि टिम लिएर गएका कारण उपस्थिति हुन सक्नु भएन । उहाँको टिम उपविजेता बन्यो ।
उहाँकी श्रीमती सैइली गिरी बुढाथोकीले सम्मान ग्रहण गर्नुभयो । उर्लाबारी नगरपालिका मेयर गंगाप्रसाद खरेलले सम्मान पत्र, नगद र दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो ।