
उर्लाबारी । मोरङको उर्लाबारी–८ की संगीता दनुवारको खर्च अभावमा उपचारमा समस्या उत्पन्न भएको छ । विराटनगरस्थित नोबेल हस्पिटलमा उपचाररत रहेकी दनुवारको फोक्सोमा पानी जमेको थियो । स्वास्थ्य सुधार भएपनि उपचार र औषधिको पैसा तिर्न नसक्दा घर ल्याउन परिवारले सकेका छैनन् ।
उपचारपछि घर ल्याउन नसकेपछि परिवारले यतिबेला सहयोगको हारगुहार गरेका छन् । सोही क्रममा उर्लाबारी वडा नं. ७ का सामाजिक ब्यक्तित्व एबं राप्रपा कोशी प्रदेश सदस्य पूर्ण वाइबाले १० हजार सहयोग गर्नुभएको छ । घरमै पुगेर उहाँले उपचारमा सहयोग होस् भनेर उक्त रकम परिवारलाई हस्तान्तरण गर्नुभयो । त्यस्तै, उर्लाबारी–८ हाल हङकङमा रहनुभएका कमल लिङ्थेपले पनि ७ हजार रुपैयाँ उपचारका लागि सहयोग गर्नुभएको छ ।