उर्लाबारी । मोरङको उर्लाबारीमा जारी पाँचौ उर्लाबारी मेयर कप फुटबल प्रतियोगिताको मंगलबारको खेलमा वडा नं. ९ विजयी भएको छ ।
उसले उर्लाबारी नगरपालिका वडा नं. १ लाई सडनडेथमा ८–७ गोल अन्तरले पराजित गर्दै सेमिफाइनमा प्रवेश गरेको हो । निर्धारित समयमा बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि बराबरी भएपछि सडनडेथबाट वडा नं. ९ विजयी भएको छ । वडा नं. ९ ले अब सेमिफाइन खेलमा वडा नं. ३ को सामना गर्नेछ । चैत्र १ गते यी दुई वडाबीच दोस्रो सेमिफाइनल खेलमा प्रतिष्पर्धा हुनेछ ।
बुधबार पहिलो सेमिफाइनल खेलमा वडा नं. ५ र ६ बीच प्रतिष्पर्धा हुने आयोजकका सचिब घनश्याम भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय