
उर्लाबारी । मोरङको उर्लाबारी–५ मा रहेको गोदावरी हस्पिटल प्रा.लि.मा आइसियु सेवा सुरु भएको छ ।
सो सेवा सुरु भएसँगै गम्भीर प्रकृतिका बिरामीको पनि सोही हस्पिटलमा नै उपचार सम्भव हुने भएको हो । ६ बेडको भेन्डिलेटरसहितको आईसीयू सेवा सञ्चालनमा ल्याएको बजार ब्यवस्थापक प्रकाश चौहानले जानकारी दिनुभयो । सो हस्पिटलमा आइसियु उपचार कक्ष नहुँदा गम्भीर प्रकृतिका बिरामीलाई उपचारको लागि अन्य हस्पिटलमा लैजानु पर्ने बाध्ययता रहेको थियो । अब त्यो समस्या हल भएको छ ।
२०६० सालमा स्थापना भएको उक्त हस्पिटलले अन्य निजी अस्पतालभन्दा स्वास्थ्य सेवा, गुणस्तर र सहुलियतका दृष्टिले फरक रूपमा रहेको छ । हस्पिटलले अत्याधुनिक स्वास्थ्य उपकरणको प्रयोग गरी ख्यातिप्राप्त चिकित्सकहरूबाट विशिष्ट स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ । आधुनिक प्रविधि सम्पन्न उक्त हस्पिटलमा पूर्वी मोरङका साथै झापा लगायत स्थानबाट समेत उपचारका लागि आउने गरेको सञ्चालकहरु बताउँछन् । हस्पिटलमा बिशेषज्ञ चिकित्सकहरूबाट दैनिक ओपिडी सेवा, २४ सैं घण्टा आकस्मिक सेवा, एनालाइजरसहितको ल्याव सेवा, महिला तथा प्रसुति सेवा, बाल रोग, डिजिटल एक्स रे सेवा, ईसिजी सेवा, हाड जोर्नी सम्बन्धि शल्यक्रिया, अन्तरंग सेवा, आधुनिक उपकरणहरूसहितको पोष्ट अपरेटिभ सेवा लगायत सेवा प्रदान गरिरहेका छन् । सबैका लागि गुणस्तरीय स्वास्थ्यको अवधारणाअनुरूप सर्वसाधारणले पनि धान्न सक्ने गरी स्वास्थ्य सेवा प्रदान गर्दै आएको जनाइएको छ । यसैक्रममा गोदावरी हस्पिटलमा दुरपिन प्रबिधिबाट मृगौलाको पत्थरीको उपचारसमेत गर्दै आएको छ । दुरपिन प्रबिधिबाटै पितथैलीको पत्थरीको उपचार पनि गर्दै आएको छ । गोदावरी हस्पिटलबाट पाउने सबै सेवा स्वास्थ्य बिमा कार्यक्रमबाट हुने हस्पिटलले जनाएको छ ।