उर्लाबारी । मोरङको उर्लाबारीमा जारी पाँचौ उर्लाबारी मेयर कप फुटबल प्रतियोगिताको सोमबारको खेलमा उर्लाबारी वडा नं. ५ विजयी भएको छ ।
उर्लाबारी–६ स्थित राधिका माबिको खेलमैदानमा भएको खेलमा उर्लाबारी वडा नं. ४ लाई २–० गोल अन्तरले पराजित गर्दै वडा नं. ५ विजयी भएको हो । वडा नं. ५ विजयीसँगै सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबारको खेलमा उर्लाबारी नगरपालिका वडा नं. १ र ९ बीच भिडन्त हुने कार्यक्रम संयोजक विशाल तामाङले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय