
विराटनगर । पत्रकार नविन कर्णलाई पितृ शोक परेको छ । उहाँका ७७ वर्षीय पिता दुर्गानन्द लाल कर्णको उपचारको क्रममा शनिबार दिउँसो विराटनगरस्थित न्यूरो हस्पिटलमा निधन भएको हो ।
कर्णको अन्त्येष्टी विराटनगरस्थित परोपकार घाटमामा आज दिउँसो तीन बजे आफ्नो धर्मसंस्कृति अनुसार गरिएको छ । मुटु रोगबाट लामो समयदेखि पीडित हुनुभएका कर्ण बिहीबार विहान एक्कासी पेसरले हानेपछि मतिष्कमा रगत जमेको थियो । कर्णको तीन छोरा र श्रीमति रहनुभएको छ । पत्रकार कर्ण जेठा छोरा हुनुहुन्छ ।