उर्लाबारी । पाँचौ उर्लाबारी मेयर कप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा उर्लाबारी वडा नं. ६ विजयी भएको छ ।
उर्लाबारी–६ स्थित राधिका माध्यमिक विद्यालयको खेलमैदानमा शनिबार भएको खेलमा उर्लाबारी वडा नं. २ लाई १–० गोल अन्तरले पराजित गर्दै वडा नं. ६ विजयी भएको हो । वडा नं. ६ को जितका लागि १ मात्र गोल विशाल तामाङले गरे । खेलको म्यानअफ दी म्याच उर्लाबारी–६ का गोल किपर असिम खड्का भए ।
उर्लाबारी फुटबल क्लबको आयोजनामा सञ्चालन भइरहेको सो प्रतियोगिताको आइतबारको खेलमा वडा नं. १ र ७ बीच प्रतिष्पर्धा हुने सदस्य विजु श्रेष्ठले जानकारी दिनुभयो । जिल्ला फुटबल संघ मोरङको प्राबिधिक सहयोग तथा उर्लाबारी नगरपालिकाको आर्थिक सहयोगमा भएको सो प्रतियोगिताको बिजेताले १ लाख र उपबिजेताले ५० हजार नगदसहित ट्रफी मेडल र प्रमाणपत्र पाउने छन् । फाइनल खेल चैत्र ३ गते हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय