
उर्लाबारी । मोरङको उर्लाबारी–३ मा शुक्रबार आगलागी हुँदा कुन्युको पराल जलेर नष्ट भएको छ । दिउँसो करिब १ बजे स्थानीय तुलसा पौडेलको २ वटा कुन्युको पराल जलेर नष्ट भएको हो । पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिकाको दमकलसहित जनप्रतिनिधी, जनपथ प्रहरीलगायत स्थानीयवासी खटेर सो आगो नियन्त्रणमा लिने काम भएको छ ।