
उर्लाबारी । मोरङको लेटाङ–८ र मिक्लाजुङ–५ को सिमानामा रहेको कुलुङ झर्नालाई पर्यटकीय केन्द्रको रुपमा स्थापित हुने क्रममा छ ।
मिक्लाजुङ गाउँपालिकाले समेत उक्त पर्यटकीय स्थलको विकास र विस्तारमा सहयोग गर्दै आएको देखिन्छ । मिक्लाजुङ वडा नं. ४ का वडाध्यक्ष बिशाल राईको नेतृत्वमा कुलुङ झर्ना पुग्ने सडक नै विस्तार भएको छ । करिब ८ लाख रुपैयाँको लागतमा कर्कुसे–आहाले हुँदै कुलुङ दह (झर्ना) सम्म मोटर बाटो पुगेको वडाध्यक्ष राईले जानकारी दिनुभयो । आन्तरिक पर्यटकहरुको रोजाई बन्दै गएको कुलुङ झर्नामा सडक विस्तारसँगै थप पर्यटकहरु भित्र्ने उहाँको भनाई छ । सडक विस्तारसँगै अब निजी सवारी साधनबाट त्यहाँ पुग्न सहज भएको छ ।
यता मिक्लाजुङ वडा नं. ५ ले पनि उक्त झर्नालाई पर्यटकीय क्षेत्रको रुपमा विस्तारका लागि सहजीकरण गरिरहेको वडाध्यक्ष मेघराज तामाङले जानकारी दिनुभयो । कुलुङ झर्ना पर्यटनको प्रचुर सम्भावना रहेको उहाँको भनाई छ ।