उर्लाबारी । नेकपा माओवादी केन्द्र उर्लाबारी र वडा नं. ६ को आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
आज नेकपा माओवादी केन्द्र नगर कमिटीको कार्यालयमा भएको रक्तदान कार्यक्रममा ३५ प्रिन्ट रगत संकलन भएको हो । कोशी प्रदेशका खानेपानी, सिचाई तथा उर्जा मन्त्री नारायण बुर्जा मगरको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय कुशल लिम्बू, उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगाप्रसाद खरेल, उर्लाबारी खानेपानी तथा सरसफाई समितिका अध्यक्ष चिन्तामणि पौडेल, माओवादी केन्द्रका उर्लाबारी अध्यक्ष गजेन्द्र दंगाललगायतले बोल्नुभएको छ । कार्यक्रम संयोजक दिपक आले मगरको सभापतित्वमा भएको उक्त कार्यक्रम सञ्चालन सचिब पवन चौधरीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय