उर्लाबारी । पछिल्लो समय जन्मदिन पनि उत्सवका रुपमा मनाउने चलन बढिरहेका छ । तर, मोरङको उर्लाबारीका सामाजिक व्यक्तित्व हरिराज खिम्दिङ लिम्बूले फरक ढंग जन्मदिनको मनाउनुभएको छ ।
उर्लाबारी–७ स्थित नमूना बाल गृहका बालबालिकाहरुसँग खुशी साटेर उहाँले जन्मदिन मनाउनुभएको हो । बाल गृहमा आश्रित बालबालिकाहरुका लागि चामल, आलु, दाल र तेल उपहार स्वरुप उहाँले प्रदान गर्नुभएको छ । उर्लाबारी–१ निवासी लिम्बू कलाकारिता, राजनीति तथा समाजसेवामा क्रियाशिल रहनुभएको छ । बालबालिकाहरूसँग जन्मदिन मनाउन पाउँदा खुशी लागेको उहाँले बताउनुभयो । सो बाल गृहमा ५६ जना बालबालिका आश्रित छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय