खोटाङ, खोटाङको हलेसी तुवाचुङ नगरपालिका- १० अर्खौले स्थितमा टिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । आज बिहान १० बजे मध्य पहाडी लोकमार्गको खार्पाबाट कटारीतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१-००६ ख २४०२ नम्बरको टिपरले बिपरित दिशाबाट आउँदै गरेको स. ९ प १२१२ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक खोटाङ हलेसी तुवाचुङ – ६ का २० बर्षीय टंकल राईको घटनास्थलमै मृत्यु भएको थियो ।
घटनामा संलग्न ठक्कर दिने टिपर र टिपर चालक कटारी नगरपालिका- ३ उदयपुरका ४३ बर्षीय पदम कुमार कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने शवलाई सम्पुर्ण कानुनि प्रकृया पश्चात पोष्टमाटमको लागि जिल्ला अस्पताल खोटाङ पठाईएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय