
दिपेन्द्रबहादुर बराईली
उर्लाबारी । मोरङको उर्लाबारीमा सम्पन्न अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि उर्लाबारीले जितेको छ ।
उर्लाबारी युवा क्लबको आयोजनामा भएको शुक्रबार फाइनल खेलमा झापाको झापा गाउँपालिकालाई ३–० को सोझो सेटमा हराउँदै उपाधि कब्जा गरेको हो । मोरङ, झापा र ईलामका गरी १४ पालिका टिमको सहभागिता रहेकोे थियो । प्रतियोगिताको बिजेताले ५१ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपबिजेताले २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगाप्रसाद खरेलले विजेता र उपविजेताहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो । क्लबका अध्यक्ष तुलबहादुर थापाको सभापतित्व कार्यक्रम भएको थियो भने सञ्चालन सञ्चारकर्मी घनश्याम भण्डारीले गर्नुभएको थियो ।