उर्लाबारी । नेपाल मगर संघको ४२ औं स्थापना दिवस मोरङको मिक्लाजुङमा मनाइएको छ ।
नेपाल मगर संघ मिक्लाजुङ र लाङ्गघाली लाफा परिवारको संयुक्त आयोजनामा आज मिक्लाजुङ–३ मा एक कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाइएको हो । मिक्लाजुङ–३ को धरधरेमा सांस्कृतिक कार्यक्रमसहित स्थापना दिवस मनाइएको छ । मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बबीकुमार राईको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा मिक्लाजुङ वडा नं. ३ का वडाध्यक्ष सन्तोष मगर, आदिबासी जनजाति महासंघ मिक्लाजुङका अध्यक्ष प्रवेश मिभकलगायतले बोल्नुभएको थियो । मगर संघ मिक्लाजुङ अध्यक्ष डिकेन्द्र मगरको सभापतित्वमा भएको उक्त कार्यक्रम लाङ्गघाली लाफा परिवारका अध्यक्ष लोकबहादुर मगरले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा सहभागीहरुले मगर समूदायको संस्कृति संरक्षणमा सबै चनाखो बन्नु पर्ने बताएका थिए । कार्यक्रममा हुर्रा नाचलगायत प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय