उर्लाबारी । मोरङको उर्लाबारीमा फाल्गुन २५ गतेदेखि पाँचौ उर्लाबारी मेयरकप फुटबल प्रतियोगिता २०८० हुने भएको छ । उर्लाबारी–६ स्थित राधिका माध्यमिक विद्यालयको खेल मैदानमा उर्लाबारी फूटबल क्लबको आयोजनामा सो प्रतियोगिता हुने भएको हो ।
प्रतियोगितामा उर्लाबारीका ९ वडाले खेल्ने छन् । उर्लाबारी नगरपालिकाको मुख्य प्रायोजन रहेको पाँचौ संस्करणको उक्त प्रतियोगितालाई उर्लाबारी नगरपालिकाले कुल ५ लाख रुपैया सहयोग गरेको छ भने उक्त प्रतियोगिता समापन गर्न कुल लागत ७ लाख अनुमान गरिएको उर्लाबारी फुटबल क्लबका अध्यक्ष तथा अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य दिपेन्द्र धिमालले जानकारी दिनुभयो । जिल्ला फुटबल संघ मोरङको प्राबिधिक सहयोगमा हुने उर्लाबारी मेयरकपको पाँचौ संस्करणको बिजेताले १ लाख र उपबिजेताले ५० हजार नगदसहित ट्रफी मेडल र प्रमाणपत्र पाउने छन् । शनिवार भएको पत्रकार सम्मेलनमा मोरङ फूटबल संघका उपाध्यक्ष विशाल तामाङ, उर्लाबारी युवा क्लबका अध्यक्ष रोहित थापा, उर्लाबारी फुटबल क्लबका सचिब घनश्याम भण्डारीलगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय