उर्लाबारी । व्यावहारिक र सैद्धान्तिक शिक्षा प्रदान गर्दै आएको उर्लाबारी नगरपालिका–८ स्थित न्यू भिजन एकाडेमीले शनिबार भब्य रुपमा १४ औं अभिभावक दिवस मनाएको छ ।
शनिबार कोशी प्रदेशसभा सदस्य उमाकान्त गौतमको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा उर्लाबारी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष कुलबहादुर कार्की, सामाजिक ब्यक्तित्व तथा अभिभावकको उपस्थितिमा अभिभावक दिवस मनाएको हो । कार्यक्रममा कोशी प्रदेशसभा सदस्य गौतमले बिद्यालयमा विद्यार्थीहरुलाई शैक्षिक गतिविधि मात्र नभएर अतिरिक्त ज्ञान पनि प्रदान गर्दै जानुपर्नेमा जोड दिनुभयो । उहाँले एकाडेमीका शैक्षिक क्रियाकलाप जीवनोपयोगी र गुणस्तरीय रहेकाले अझ प्रगतिको कामना गर्नुभएको थियो । सो अवसरमा प्रदेश सभा सदस्य गौतमले एकाडेमीमा विभिन्न बिधामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार प्रदान गर्नुभएको थियो । उर्लाबारी ८ का वडा अध्यक्ष कुलबहादुर कार्कीले पनि अभिभावक दिवसको अवसरमा थप सफलताको शुभकामना दिनुभएको थियो । प्रिन्सिपल अजितकुमार भट्टराईले एकाडेमीको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्ले ग्रुपदेखि कक्षा १० सम्म अध्ययन हुने सो एकाडेमीमा ३ सय ५० बढी विद्यार्थी अध्ययनरत रहेको शिक्षक कमल गौतमले जानकारी दिनुभयो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न किसिमका सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रम ब्यवस्थापक संयोजक खड्गबहादुर बिष्टको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय