
पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार वडा न. ९ को हाटखोला (बजारहाट)मा नगर प्रमुख मोहन तुम्वापोको अध्यक्षतामा सार्वजनिक सुनुवाई कार्यक्रम भएको हो । पहिलो चरणको कार्यक्रम अन्तर्गत वडा नं. ४, ९ र ८ लाई मध्यनगर गरेर सो कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा वडाका विविध सवालहरूमाथि उठेका प्रश्नहरुलाई नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृत शशि राई, वडा नं. ४ का वडाध्यक्षले उत्तर दिनुभएको थियो ।
सो कार्यक्रममा वडा नं ८ का वडाध्यक्ष नवीन कार्की, वडा नं. ४ का वडाध्यक्ष लोकनाथ न्यौपाने, वडा नं ७ का वडाध्यक्ष उद्धवराज बस्नेत, वडा नं. ३ का अध्यक्ष विजय लिम्बु, वडा नं. ५ का चेतेन्द्र खड्का, लेखा शाखा अधिकृतहरु, स्थानीयहरु लगायतका सर्वसाधारणहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण कानेपोखरी मिडिया प्रा.लि.ले गरेको थियो ।