
उर्लाबारी । मोरङको उर्लाबारी–५ स्थित नेपाल बौद्ध गुम्बाका लामा थुप्तेन साङ्पो (घेन्ला) को निधन भएको छ ।
आज नोबेल हस्पिटल विराटनगरमा निधन भएको जनाइएको छ । अस्वस्थ्य भई नोबेलमा उपचाररत रहनुभएका थुप्तेनको आज निधन भएको छ । उहाँ देव चक्षु प्राप्त गरेको सिद्धीवान गुरू हुनुहुन्थ्यो ।