
दिपेन्द्रबहादुर बराईली
केराबारी । मोरङको केराबारी गाउँपालिकामा अखिल (क्रान्तिकारी) ले तेस्रो गाउँपालिका सम्मेलन सम्पन्न गरेको छ ।
उक्त सम्मेलनबाट भिजन राईको अध्यक्षतामा ४५ सदस्यीय नयाँ कमिटी गठन भएको थियो । नेकपा माओवादी केन्द्र प्रदेश कमिटीका सदस्य तथा धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्र बिक्रम बेघाको प्रमुख आतिथ्यता भएको उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका मोरङ जिल्ला सह– इन्चार्ज तथा प्रदेश कमिटी सचिवालय सदस्य प्रेम मिभक , अखिल (क्रान्तिकारी) का केन्द्रिय सचिव ताजिम अन्सरी, केन्द्रिय सदस्यहरु अभिमन्यु यादव , टेकेन क्षेत्री, अखिल (क्रान्तिकारी) मोरङ जिल्ला अध्यक्ष नगेन्द्र घिमिरे, उपाध्यक्ष सिमान्त लुइँटेल , विद्यार्थी नेता उमेश सेन्चुरी लगायतको रुपमा उपस्थिति रहेको थियो । सोही कार्यक्रमको अध्यक्षता दिपेश परिवारले गर्नु भएको थियो । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरु राखिएको थियो ।