झापा, झापाको शिबसताक्षी नगरपालिका-८ स्थितमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । हिजो साँझ ७ बजे मे.१ ह ५८०५ नम्बरको अटोले २ वटा साईकललाई ठक्कर दिदा घाईते भएका शिवसताक्षी-८ का ३१ बर्षिय दिलिप श्रेष्ठ, उनको छोरी ११ बर्षीया गोमा श्रेष्ठ, ९ बर्षीया शितल श्रेष्ठ र अटो चालक ५२ बर्षीय पुर्ण बहादुर भट्टराई घाईते भई आम्दा अस्पताल दमकमा उपचार भईरहेकोमा शितल श्रेष्ठको थप उपचारको क्रममा बिर्तासिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।
घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय