बिराटनगर, झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो मोरङको केराबारी गाउँपालिका-१० स्थितमा बिशेष सुचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर प्रादेशिक अनुसन्धान समुह ( PIT) र ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले स्थानीय २५ बर्षीय सुमन तामाङलाई ब्राउनसुगर १ ग्राम ४ सय मिलिग्राम र नगद १४ हजार ४ सय ७० रुपैँया सहित पक्राउ गरेको हो भने लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर-१५ स्थितमा चेकजाँचको क्रममा धरान-१८ का २२ बर्षीय जेम्स राईलाई ५९ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।
सोही दिन झापाको बिर्तामोड-४ का २७ बर्षीय पुर्ण बहादुर बस्नेतलाई ब्राउनसुगर ५ सय ८० मिलिग्राम र नगद ८ हजार ४ सय ७५ रुपैया सहित ईलाका प्रहरी कार्यालय सुरुङ्गाको प्रहरी टोलीले पक्राउ गरेको छ भने सुनसरीको प्रहरी चौकी घुस्किहाटबाट खटिएको प्रहरी टोलीले हरिनगरा गाउँपालिका-७ स्थितमा चेकजाँचको क्रममा प्रदेश ०१-०२-०४१ प १४६५ नम्बरको मोटरसाईकलमा सवार रहेका हरिनगरा-६ का २८ बर्षीय रब्बाम मियाँ र आदिल आलमलाई प्रतिबन्धित औषधी ट्रामाडोल १५ हजार २० ट्याब्लेट सहित पक्राउ गरेको छ ।
लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय