उर्लाबारी । मोरङको उर्लाबारी–७ स्थित नमूना बाल गृहमा मन कराँते सेन्टरले निःशुल्क सितोरियो कराँते प्रशिक्षण सुरु गरेको छ ।
प्रत्येक हप्ताको शनिबार कराँते प्रशिक्षण गराउने सम्झौता भएको हो । मन कराँते सेन्टरको तर्फबाट प्रशिक्षक मानबहादुर थ्रोपा र नमूना बाल गृह शिक्षा तथा खेलकुद समितिको तर्फबाट संयोजक सरोज बस्नेतबीच एक बर्ष निःशुल्क कराँते प्रशिक्षण गराउने सहमति भएको छ । बाल गृहमा आश्रित बालबालिकाहरुलाई कराँते साथै अन्य खेलहरु प्रशिक्षण गराउने विषयमा अघि बढाइएको संयोजक बस्नेतले जानकारी दिनुभयो । उर्लाबारीकै गहनाको रुपमा रहेको नमूना बाल गृहमा ५६ जना बालबालिकाहरु आश्रित रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय