
पथरी शनिश्चरे वडा नं. ९ को आयोजनामा आदिवासी जनजाति र अपाङ्ग लक्षित साबुन, फिनेल, हर्पिक उत्पादन तालिम सम्पन्न भएको छ ।
आज वडाको सभाहलमा भएको सो तालिमको प्राविधिक सहयोग सहयोगी नेपालले गरेको थियो । फागुन १ गतेदेखि सञ्चालित ३ दिवसीय तालिममा वडावासीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख मोहन प्रसाद तुम्वापोले तालिमले एक कदम अगाडि बढेर जिविकोपार्जन गर्न सफल हुनुहोस् भन्दै सहभागीहरुलाई शुभकामना दिनुभयो । उहाँले भन्नुभयो –‘तालिमको लागि तालिम मात्र नगरौं, तपाईहरुले लिनुभएको तालिमले पाउनुभएको सीपले जिवनस्तरमा केही न केही प्रगति हुनुपर्छ, अनि मात्र तालिम लिएको सार्थकता हुन्छ ।’ वडा अध्यक्ष वीरबहादुर राईको अध्यक्षतामा भएको सो कार्यक्रममा तालिममा सहभागीहरुलाई प्रमुख अतिथि तुम्वापोले प्रमाण–पत्र वितरण गर्नुभएको थियो ।