उर्लाबारी । मोरङको उर्लाबारीमा मंगलबार रिटर्नी सेन्टर नेपालको नगर भेलाले लिलाकुमार श्रेष्ठको अध्यक्षतामा २५ सदस्यीय नयाँ कमिटी गठन गरेको छ ।
भेलाले उपाध्यक्षमा मदन आचार्य, सचिबमा शान्तिराम अधिकारी, कोषाध्यक्षमा रिना राजवंशीसहित २५ सदस्यीय कमिटी गठन गरेको हो । उक्त कार्यक्रममा रिटर्नी सेन्टर नेपालका मोरङ जिल्ला अध्यक्ष राजकुमार विस्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेकपा माओवादी केन्द्र उर्लाबारी नगर कमिटी कार्यबाहक अध्यक्ष खगेन्द्र पराजुली , सचिब पवन चौधरी, सहसचिव दिपक आले मगर, नगर इन्चार्ज तारिलाल धिमाल लगायतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय