उर्लाबारी । मोरङको उर्लाबारीमा उर्लाबारी भलिबल क्लब गठन भएको छ ।
उर्लाबारी–७ का पुष्पबहादुर खड्काको अध्यक्षतामा ११ सदस्यीय समिति गठन भएको हो । उपाध्यक्षमा प्रेम प्रसाई, सचिबमा अम्बरबहादुर धिमाल, सह–सचिबमा विवश बुढाथोकी, र कोषाध्यक्षमा चन्द्रादेवी दाहाल रहनुभएको छ । सदस्यहरुमा रेखबहादुर डाँगी, अमृत तामाङ, वविता निरौला, हडिन्द्र थापा, मिना ढकाल र सागर आचार्य रहनुभएको छ । सल्लाहकार संयोजकमा बीरबल थापा, सदस्यहरुमा कुमार पोख्रेल, बम डाँगी, प्रेम डाँगी र भीष्मराज बुढाथोकी रहनुभएको छ । उक्त समितिले उर्लाबारी नगरपालिका वडा स्तरीय भलिबल प्रतियोगिता आयोजना गर्ने तयारी गरिरहेको अध्यक्ष खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय