मोरङ,मोरङ र सुनसरी जिल्लाको छुट्टाछुटै स्थानबाट प्रतिबन्धित लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो अपरान्ह ५ बजे बिराटनगर महानगरपालिका-१६ भट्टीमोड स्थितमा ईलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले पैदल यात्री स्थानीय ३१ बर्षीया हेमा तामाङ र ४० बर्षीया मुना लामालाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनिहरुको साथबाट ११ ग्राम ब्राउनसुगर फेला पक्राउ गरेको हो भने बिराटनगर- १६ हुलास चोकबाट एभिल, फेनारागन, डाइजोपाम र लुपिजेशिक गरी जम्मा ७६ एम्पुल प्रतिबन्धित औषधी सहित सुन्दरहरैचा- ६ का ३५ बर्षीय संजिब चौधरीलाई लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका- ९ स्थितबाट अवैध लागुऔषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन १ गते राती १ बजे राजाबास स्थित घाट नजिक कोशीको किनारमा देश ०१-०२-००१ ज ४०५० नम्बरको बोलेरो गाडीमा गाँजा लुकाई राखेको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय महेनद्रनगरबाट खटिएको प्रहरी टोलीले १३ बोरामा ४ सय ६ किलो ९४० ग्राम अबैध लागुऔषध गाँजा फेला पारी बरामद गरेसगै बोलेरो चालक धरान उप-महानगरपालिका- ४ का २५ बर्षीय सुर्य राई र हतुवागढी गाउँपालिका- ८ भोजपुरका २७ बर्षीय लक्ष्मण राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिएको उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय