उर्लाबारी । मोरङको उर्लाबारी–७ स्थित पाथीभरा पन्चकन्या देवि मन्दिरको बार्षिक साधारणसभा तथा पाँचौ चुनावी सभाबाट पुनः खगेन्द्रप्रसाद गुरागाईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ ।
समितिको उपाध्यक्षमा बेद प्रकाश शिवाकोटी, सचिबमा निरोज तिम्सिना, सह–सचिबमा दुर्गा गौतम र कोषाध्यक्षमा मोहन चापागाईं रहनुभएको छ । त्यस्तै, सदस्यहरुमा माधव भट्टराई, तारा श्रेष्ठ, सुनिता कम्मर, उमा बस्नेत, दिप धिमाल र बहादुर धिमाल रहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय