
उर्लाबारी:उर्लाबारीमा २८६० साेनाम ल्हाेछार महाेत्सव, सांस्कृतिक तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
उर्लाबारी-५ स्थित बाैद्ध गुम्बामा नेपाल तामाङ घेदुङ उर्लाबारी नगर समितिको आयाेजनामा कार्यक्रम गरिएको हाे । कार्यक्रममा प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मीना खतिवडा पाैडेल, नेपाल तामाङ घेदुङका पूर्व राष्ट्रिय अध्यक्ष महेन्द्रजंग तामाङ, वडा नं ५ का वडाध्यक्ष रविन लामा, वडा नं ९ का वडाध्यक्ष नरबहादुर माेक्तान, आदिवासी जनजाति महासंघ नगर अध्यक्ष शमशेर लिम्बू, किराँत याक्थुङ चुम्लुङ नगर अध्यक्ष बानु सुब्बा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियोे । घेदुङ नगर अध्यक्ष राजकुमार याेञ्जनकाे सभापतित्वमा भएको कार्यक्रमकाे सञ्चालन सचिव मनमाया तामाङले गर्नुभएको थियो ।