
उर्लाबारी । नेपाल तामाङ घेदुङ उर्लाबारी ८ र ९ को संयुक्त आयोजनामा बृहत सोनाम ल्होसार साँस्कृतिक महोत्सव सुरु भएको छ ।
उर्लाबारीको दुर्गापुरीमा ल्होसार साँस्कृतिक महोत्सव सुरु भएको हो । कार्यक्रमको उद्घाटन उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगाप्रसाद खरेलले एक सय आठ दिप बालेर गर्नुभएको छ । कार्यक्रम संयोजक गोपाल घिसिङका अनुसार हरेक बर्ष ल्होसारको अवसरमा बृहत कार्यक्रम गरिदै आएको र यस बर्ष पनि सोही अनुसार निरन्तरता दिईएको हो । उद्घाटनको दिन तामाङ नृत्य, लिम्बू जातिको केलाङ नृत्य रहेको छ भने आयोजकका अनुसार महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने र महोत्सवका लागि रोटेपिङ लगायतका खेलहरु र जातीय लगायत अन्य स्टलहरुको रहेको छ ।
उद्घाटन कार्यक्रमका उर्लाबारी ९ नम्बर वडाका वडाध्यक्ष नरबहादुर मोक्तान, नेपाल तामाङ घेदुङ उर्लाबारी नगर अध्यक्ष राजकुमार योन्जन, बलबहादुर घिसिङ, उर्लाबारी उद्योग बाणिज्य संघका महासचिव हेमराज गुरुङ, नेपाली कांग्रेस नगर सचिव राजन रायमाझीलगायतको सहभागिता रहेको थियो ।