बिराटनगर, कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले श्री गोरधनदास कमलावती परोपकारी प्रतिष्ठानलाई सम्मान गरेको छ । आज एक कार्यक्रमको आयोजना गरी कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटाले श्री गोरधनदास कमलावती परोपकारी प्रतिष्ठानका संरक्षक जगदिश प्रसाद अग्रवाललाई प्रशंसा पत्रद्वारा सम्मान गर्नु भएको हो ।
श्री गोरधनदास कमलावती परोपकारी प्रतिष्ठानले बिराटनगर महानगरपालिका-८ स्थित दलित, मुसहर तथा सुकुम्बासी बस्तीमा रहेका २५६ घरका विपन्न परिवारलाई न्यानो कपडा (कम्बल) बितरण कार्यक्रममा सहयोग उपलब्ध गराएको थियो । उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका सिनियर प्रहरी अधिकृतहरु समेतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय