उर्लाबारी । मोरङको उर्लाबारीमा रहेको कुमारी साकोस उर्लाबारीको आयोजना तथा उर्लाबारी जेसीजको प्राविधिक व्यवस्थापनमा एक दिने सहकारी शिक्षा तथा सदस्य उत्पे्ररणा कार्यक्रम सम्पन्न भएको छ ।
उर्लाबारी उद्योग बाणिज्य संघको सभाहलमा सम्पन्न भएको उक्त कार्यक्रममा साकोसका तर्फबाट ७५ जना सदस्य तथा समिति पदाधिकारीहरु र उर्लाबारी जेसीजका तर्फबाट ७ जना पदाधिकारीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा संस्थाका पदाधिकारीहरुको अलावा सहकारी अभियन्ताहरुको समेत उपस्थिति रहेको थियो । साकोसका अध्यक्ष मणिलाल श्रेष्ठले उद्घाटन गर्नुभएको कार्यक्रममा उर्लाबारी जेसीजका अध्यक्ष नविन श्रेष्ठलगायतले बोल्नुभएको थियो । मुख्य प्रशिक्षकको रुपमा नेपाल जेसीजकी राष्ट्रिय कार्यकारीणीय उपाध्यक्ष तथा दक्ष प्रशिक्षक मन्जरी घिमिरे रहनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय