
उर्लाबारी । मोरङको उर्लाबारीमा सम्पन्न दोस्रो उर्लाबारी भेट्रान्स नगर स्तरीय तथा स्व. राजबहादुर साम्याङ्खाम स्मृति नकआउट फुटबल प्रतियोगिताको उपाधि धरान उपमहानगरपालिकाले जितेको छ ।
सुन्दरहरैचा नगरपालिका भेट्रान्सलाई ३–० गोल अन्तरले पराजित गर्दै धरानले उपाधि जितेको हो । उर्लाबारी–६ को राधिका माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन भएको प्रतियोगिताको आयोजना उर्लाबारी भेट्रान्स क्लबले आयोजना गरेको छ ।