
उर्लाबारी । नेकपा (एमाले) का संगठित सदस्य तथा सामाजिक अभियन्ता रुद्रबहादुर तामाङले पार्टी परित्याग गर्दै स्वतन्त्र रहेको घोषणा गर्नुभएको छ ।
शुक्रबार आफ्नो जन्मदिनको अवसरमा उक्त घोषणा गर्दै सामाजिक कार्यकर्ता भएर अघि बढ्ने प्रण गर्नुभएको हो । युवा प्रतिभा प्रष्फुटन कोषका संयोजक तामाङले सामाजिक कार्यमा क्रियाशिल रहने बताउनुभएको छ ।