सुनसरी, सुनसरीको इटहरी उप-महानगरपालिका-८ स्थितमा गेटले किचेर बालकको मृत्यु भएको छ । कोठा भाडामा बस्दै आएका अखिम बराईलीका ४ वर्षीय छोरा अनिष बराईली बिहिबार साझँ घरको गेटमा खेल्दै गर्दा गेट लडेर किच्दा गम्भिर घाईते भएका थिए । उनलाई उपचारको लागी तत्काल बिराट टिचिङ हस्पिटल बिराटनगर ल्याईएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय