
मधुमल्ला÷ मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ८ ले वडा भित्र रहेका गर्भवती महिला र सुत्केरी महिलाहरुलाई पोषण सामग्री वितरण गरिएको छ । वडा भित्र रहेका गर्भवती र ८ महिना भन्दा कम उमेर समुहका बच्चाका आमाहरुलाई स्वास्थ्यमा पौष्टिक आहारको कमी नहोस भन्ने उदेश्यले पौष्टिक आहार वितरण गरिएको वडाध्यक्ष पुर्णबहादुर कुवर (प्रवेश)ले बताउनु भयो । प्रती एक व्यक्ती १ केजी घिउ, आधा केजी मह र १ क्रेट अण्डा र १ थान झुल ५० जनालाई वितरण गरिएको मिक्लाजुङ गाउँपालिका वडा नं. ८ का वडा सचिव मञ्जु पाण्डेले बताउनु भयो ।