उर्लाबारी । धरान उपमहानगरपालिका भेट्रान्स फुटबल क्लब मोरङको उर्लाबारीमा जारी दोस्रो उर्लाबारी भेट्रान्स नगर स्तरीय तथा स्व. राजबहादुर साम्याङ्खाम स्मृति नकआउट फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।
बुधबारको खेलमा इटहरी उपमहानगरपालिका भेट्रान्स फुटबल क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै धरान उपाधि नजिक पुगेको हो । जर्सी नं. १५ का सुरजकुमार श्रेष्ठले खेलको १२ औं मिनेटमै गोल गर्दै धरानका लागि अग्रता बनाए । निकै आक्रमक खेलको १५ मिनेटमा इटहरीका जर्सी नं. ८ का निराराम मगरले गोल गर्दै बराबरीमा पु¥याए । खेलको २८ औं मिनेटमा धरानका जर्सी नं. ११ का सन्देश श्रेष्ठले अर्को गोल थप्दै पहिलो हाफमै टिमलाई अग्रता दिए । पहिलो हाफमा १ गोलले पछि परेको इटहरीले दोस्रो हाफमा केही अवसर पाएपनि सदुपयोग गर्न सकेन । रोमाञ्चक खेलको दोस्रो हाफको अतिरिक्त समयमा धरानका जर्सी नं. ५ का विजय राईले गोल थप्दै धरानको जित सुनिश्चित गरे । खेल अवधिभर दुबै टिमले राम्रा अवसर पाएका थिए । खेलको म्यानअफ दी म्याच धरानका विष्णु सुनुवार भए ।
उर्लाबारी–६ को राधिका माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन भइरहेको सो प्रतियोगिताको आयोजना उर्लाबारी भेट्रान्स क्लबले आयोजना गरेको हो । पूर्वका ८ टिमको सहभागिता रहेको सो प्रतियोगिताको फाइनल खेल शुक्रबार धरान र सुन्दरहरैचा नगरपालिकाबीच हुने अध्यक्ष दिपक पोमुले जानकारी दिनुभयो । उर्लाबारी, विराटनगर, धरान, शिवसतासी, सुन्दरहरैचा, कन्काई, विर्तामोड र इटहरीको टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेताले ७५ हजार, उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने सदस्य विक्रम चापागाईले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय