पथरी शनिश्चरे,पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत फुटबल प्रतियोगिताको उपाधि सिरिजंगा एफसीले आफ्नो पोल्टामा पार्दै च्याम्पियन बनेको छ । आज भएको फाइनल खेलमा नाजारिन युथ क्लबलाई १–० गोल अन्तरले स्तब्ध पार्दै सिरिजंगाले उपाधि माथि कब्जा जमाएको हो ।
खेल सुरु भएको २ मिनेटमै संयोग थापाले हेडमार्फत गरेको गोल सिरिजंगाको जितको लागि निर्णायक गोल बन्न पुग्यो । खेल अवधिभर दुवैतर्फका खेलाडीहरु राम्रो अवसर प्राप्त गरे पनि गोल गर्न सकेनन् । खेलको म्यान अफ अफ द म्याच गोलकता थापा नै घोषित भए ।
विजेता टिम सिरिजंगाले नगद रु. १ लाख र उपविजेता नाजारिनले ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त ग¥यो । विजेता टिमलाई प्रमुख अतिथि नगर प्रमुख मोहन प्रसाद तुम्वापो ट्रफी, मेडल, प्रमाण–पत्र वितरण गर्नुभयो । पथरी शनिश्चरे नगर खेलकुद विकास समितिले माघ ६ गतेदेखि खेल महोत्सव सुरु गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय