पथरी शनिश्चरेमा ‘पथरी शनिश्चरे नगर खेलकुद महोत्सव २०८०’ को उद्घाटन नगर प्रमुख मोहन प्रसाद तुम्वापोले गर्नुभएको छ ।
नगर खेलकुद विकास समितिको आयोजनामा आजदेखि माघ १५ गतेसम्म खेलकुद महोत्सव हुनेछ । आज प्रस्तावित पथरी रंगशाला जाँतेमोडमा भएको उद्घाटन समारोहमा नगर उप–प्रमुख देविमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत शशि राई, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, स्थानीय समाजसेवी, विभिन्न पार्टीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
नगर खेलकुद विकास समितिका संयोजक दीपक राईको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको सञ्चालन सदस्य सचिव नविन खुलाल र स्वागत मन्तव्य सदस्य सुजन बास्तोलाले गर्नुभएको थियो । कार्यक्रममा स्वागत नृत्य रेड स्टार माविका विद्यार्र्थीहरुले प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय