उर्लाबारी । बंगलादेशमा हुने साफ यू–१९ च्याम्पियनसिप २०२४ का लागि नेपालको यू–१९ राष्ट्रिय महिला टोलीमा उर्लाबारीकी पूर्णिमा राई परेकी छिन् ।
२३ सदस्यीय टोलीमा उर्लाबारी–६ की राई पनि परेकी हुन् । उर्लाबारी–६ कै राधिका माध्यमिक विद्यालय कक्षा १० मा अध्ययरत राई निकै मेहेनती खेलाडी रहेको रेफ्री मनोज तामाङले बताउनुभयो । ‘निकै मेहेनत गर्ने खेलाडी थिइन् बहिनी’ उहाँले भन्नुभयो–‘नेपालको यू–१९ राष्ट्रिय महिला टिममा पर्न सफल भएकोमा आगामी खेल जीवनको सफलताको शुभकामना ब्यक्त गर्दछु ।’ फरवार्डबाट खेल्ने उनी राम्रो फुलब खेलाडी बनेर देशको नाम राख्ने सोचमा छिन् ।
साफ च्याम्पियनसिपमा नेपालले आफ्नो पहिलो खेल आयोजक बंगलादेशसँग फेब्रअरी २ मा खेल्नेछ । प्रतियोगितामा नेपाल र बंगलादेशसहित भारत र भुटानबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय