पुजन दास
उर्लाबारी । पूर्वपश्चिम राजमार्गसँगै मोरङको उर्लाबारी वडा नं. ४ को बक्राहा खोलाको बानडाँडामा बस्नुहुन्छ, ७० बर्षीय विक्रम धिमाल । बुढेशकालमा खुट्टामा इन्फेक्सन भएपछि यतिबेला उहाँ सहयोगी हातको खोजीमा हुनुहुन्छ । आर्थिक अभावका कारण उहाँको उपचार हुन सकेको छैन ।
इन्फेक्सन खुट्टामा फैलिएपछि अवस्था जटिल बन्दै गएको छ । बुढेशकालमा के भयो भन्दै गहभरी आँशु पार्दै सबैको साथ र सहयोगका लागि धिमालले अपिल पर्नुभएको छ ।
दैबले पनि गरिबको घरमै दुःख दिदो रहेछ भन्दै उहाँ यतिबेला घरमै छटपट्टिरहनुभएको छ । परिवारको आर्थिक अवस्था पनि ज्यादै कमजोर रहेको छ । त्यसैकारण पनि उहाँले राम्रोसँग उपचार पाउनु भएको छैन । स्थानीय सरकारले पनि उहाँको उपचारमा सहयोगी भूमिका खेल्न सकेको छैन । विक्रमका छोरा सुनिल धिमालले पनि बुवाको उपचारका लागि सबैलाई सहयोगका लागि हारगुहार मागेका छन् । भक्कानिँदै सुनिलले भने– ‘बुवालाई बचाइदिनुहोस् ।’
बान डाँडामा बस्दै आएका विक्रम धिमाललाई यतिबेला सबैको साथ र सहयोगको खाँचो छ । सबैले सकेको साथ र सहयोग गरौं । उहाँलाई सहयोग गर्न चाहनुहुने महानुभावहरुले छोरा सुनिललाई ९८०८२०५६५० मा सम्पर्क गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय