
उर्लाबारी । मगरहरुको मौलिक पर्व माध्या संक्रराती मिन्हाम ल्हेस पर्व ५०१७ र प्रथम भेला सम्पन्न भएको छ ।
महामायादेवी बौद्ध विहार उर्लाबारी–८ मा उर्लाबारी–८ र ९ को आयोजना सो भेला सम्पन्न भएको हो । नेपाल मगर संघ मोरङ जिल्ला सचिव मनिश सूर्यवंशी मगरको प्रमुख अतिथि भएको उक्त कार्यक्रममा उर्लाबारी वडा नं. ८ का वडाध्यक्ष कुलबहादुर कार्की, मगर संघ उर्लाबारी नगर सल्लाकार तथा प्रदेश सदस्य दिपक आले मगरलगायतले बोल्नुभएको थियो । नेपाल मगर संघ उर्लाबारी अध्यक्ष जकड बहादुर रानाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।