उर्लाबारी । मोरङको उर्लाबारीमा यही माघ १२ गतेदेखि दोस्रो उर्लाबारी भेट्रान्स नगर स्तरीय तथा स्व. राजबहादुर साम्याङ्खाम स्मृति नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
सोमबार पत्रकार सम्मेलन गरी प्रतियोगिताका बारेमा जानकारी गराइएको हो । उर्लाबारी–६ को राधिका माध्यमिक विद्यालयको खेलमैदानमा हुने सो प्रतियोगितामा ८ टिमको सहभागिता रहने अध्यक्ष दिपक पोमुले जानकारी दिनुभयो । उर्लाबारी, विराटनगर, धरान, शिवसतासी, सुन्दरहरैचा, कन्काई, विर्तामोड र इटहरीको टिमको सहभागिता रहने उहाँले बताउनुभयो । माघ १९ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा सम्पन्न गर्न ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । जसमध्ये ३ लाख उर्लाबारी नगरपालिका र २ लाख राजबहादुर साम्याङ्खाम स्मृति कोषबाट प्राप्त हुने उहाँको भनाई छ । थप सहयोगी दाताहरुबाट २ लाख रुपैयाँ संकलन हुने बताइएको छ । ७ लाख संकलनमध्ये ५ लाख खर्च कटाएर २ लाख रुपैयाँ बचत हुने र सोही रकम कोषको रुपमा राखिने उहाँले बताउनुभयो ।
प्रतियोगिताको विजेताले ७५ हजार, उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक विनोद धिमालले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल संघ (एन्फा) का उपमहासचिब बसन्त अर्याल, केन्द्रीय सदस्य दिपेन्द्र धिमाल, मोरङ अध्यक्ष सञ्जिब बुढाथोकी, उपाध्यक्ष विशाल तामाङ, प्रशिक्षक पारस चौधरी, रेफ्रि संघ मोरङका महासचिब मनोज तामाङलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन उर्लाबारी फुटबल क्लबका सचिब एबं संचारकर्मी घनश्याम भण्डारीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय