
उर्लाबारी । फस्ट माइक्रोफाइनान्स लघु वित्त वित्तिय संस्था लि. को १४ औं बार्षिकोत्सवको अवसरमा सेवाग्राहीलाई बस्ने बेञ्च वितरण गरिएको छ ।
मोरङको उर्लाबारी वडा नं. ७ को कार्यालयमा २ वटा बेञ्च वितरण गरिएको हो । संस्थाका एरिया इन्चार्ज हिरा सिलवालले उर्लाबारी नगरपालिका वडा नं. ७ की अध्यक्ष उर्मिला थापालाई फलैचा हस्तान्तरण गर्नुभएको छ । सामाजिक उत्तरदायित्व अन्तरगत सेवाग्राहीहरुलाई सहज होस् भनेर दुई थान बेञ्च सहयोग गरिएको इन्चार्ज सिलवालले बताउनुभयो । कार्यक्रममा वडा सदस्य सन्तोष निरौला, सुमन कार्की, वडा सचिब विश्वनाथ दाहाललगायतको उपस्थिति रहेको थियो ।