
उर्लाबारी, जनता समाजवादी पार्टी, नेपाल उर्लाबारी नगर समिति पुनर्गठन गरिएको छ । नगर समिति पुनर्गठन कार्यक्रमबाट अध्यक्षमा पुनः मात्रिका धिमाललाई चयन गरिएको छ ।
पार्टीका केन्द्रीय सदस्य बाङ्गाइ धिमालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा २१ सदस्यीय नयाँ समिति चयन गरिएको हो । नगर समितिको उपाध्यक्षमा सूर्यबहादुर माझी र सुकुरमुनी बेस्रा, सचिवमा गणेश मगर, उपसचिवमा विश्वास राई र याम धिमाल तथा कोषाध्यक्षमा बविता दनुवार रहेका छन् ।
आज उर्लाबारी–३ स्थित धिमाल जातीय विकास केन्द्रको सभाहलमा आयोजित कार्यक्रममा पार्टीका संघीय परिषद सदस्यद्वय पूर्ण कुरुम्बाङ, देवराज मगर, प्रदेश समिति सदस्य विशाल आङ्देम्बे, लिम्बुवान राष्ट्रिय समिति सदस्य श्रीप्रसाद धिमाल, मोरङ जिल्ला सदस्य रामकुमार राईलगायतको आतिथ्यता रहेको थियो ।