उर्लाबारी । राप्रपा उर्लाबारी नगर अध्यक्ष निरुपा निरौलाले आफ्नो जन्मदिन सिद्देश्वर शिब बाबा धाममा रहेको गुरुकुलका विद्यार्थीहरुसँग मनाउनुभएको छ ।
उहाँले त्यहाँ रहेका विद्यार्थीहरुलाई साँझको भोजनसमेत खुवाएर आफ्नो जन्मदिन मनाउनुभएको हो । उहाँले गुरुकुलका विद्यार्थीहरुसँग जन्मदिन मनाएर उदाहरणीय कार्य गरेको धामका अध्यक्ष गजेन्द्र दंगालले बताउनुभयो । उहाँले भन्नुभयो–‘क्याफेमा होइन अब जनम्दिन गुरुकुल, नमूना बाल गृहजस्ता स्थानमा मनाउनु उपयुक्त हुन्छ ।’ कार्यक्रममा प्रतिभा प्रष्फुटन प्रोत्साहन कोषका संयोजक रुद्रबहादुर तामाङ, उर्लाबारी नगरपालिका वडा नं. १ का वडाध्यक्ष तिलक पाण्डेलगायतको उपस्थिति रहेको थियो । उर्लाबारी–६ मा रहेको गुरुकुलमा २० भन्दा बढी विद्यार्थीहरु अध्ययरत रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय