
उर्लाबारी । सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्ने उद्देश्यअनुसार सुरुवात भएको युवा प्रतिभा प्रष्फुटन प्रोत्साहन कोषमा १ सय २८ जना आबद्ध भएका छन् ।
उर्लाबारी–३ निवासी सामाजिक ब्यक्तित्व रुद्रबहादुर तामाङले सुरुवात गर्नुभएको उक्त अभियानमा छोटो समयमै १ सय २८ जना आबद्ध भइसक्नुभएको हो । १ सय २८ जनाबाट २० लाख ८५ हजार भन्दा बढी रकम संकलन भएको अभियानका संयोजक रुद्रबहादुर तामाङले जानकारी दिनुभयो । उर्लाबारीका सामुदायिक विद्यालयहरुमा अक्षयकोष स्थापना गरी बर्षेनी ब्याजबाट छात्रबृत्ति वितरण गरिने उहाँको भनाई छ ।