उर्लाबारी । मोरङको उर्लाबारी–८ का कमल लिङ्थेपले स्वर्गीय बुवाआमाको स्मृतिमा अक्षकोष स्थापना गर्नुभएको छ ।
उर्लाबारी–८ कै शान्तिक्षेत्र आधारभूत विधालयमा स्वर्गीय बुबा बेलबहादुर लिङ्थेप र आमा नरमाया लिङ्थेपको नाममा १ लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षयकोषको स्थापना गर्नुभएको छ । हङकङमा कार्यरत लिङ्थेपले सामुदायिक विद्यालयमा अध्ययरत जेहेन्दार तथा विपन्न विद्यार्थीहरुलाई पढाईमा सहज होस् भन्ने हेतुले अक्षयकोष स्थापना गरेको बताउनुभयो । लिङ्थेपले युवा प्रतिभा प्रस्फुटन कोषमा १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्नुभएको छ भने उर्लाबारी–१ को शारदा माध्यमिक विद्यालयमा ५० हजार युवा प्रतिभा कोषमा सहयोग गर्नुभएको छ । विद्यार्थीहरुलाई स्वीटर, आर्थिक रुपले विपन्न बिरामीहरुको उपचार, सामाजिक सेवाका कामहरु लगायत धेरैमा उहाँले सकेको आर्थिक सहयोग गरिरहनुभएको छ । हालसम्म उहाँले ४० लाखभन्दा बढी सामाजिक सेवामा खर्च गरिसक्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय